Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

ललितपुरबाट जुवा खेलिरहेका ११ जना पक्राउ

ललितपुर महानगरपालिका-१६ गावहाल बस्ने ५२ वर्षीय प्रेम महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रेम समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १९ हजार ९ सय रूपैयाँ र १९ थान कौडा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।