शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

‘म्यान्डेट’ पाए नयाँ पार्टी खोल्छु : कुलमान घिसिङ

‘म्यान्डेट’ पाए नयाँ पार्टी खोल्छु : कुलमान घिसिङ

आषाढ ३०, २०८२ सोमवार
आषाढ ३०, २०८२ सोमवार
  • ‘म्यान्डेट’ पाए नयाँ पार्टी खोल्छु : कुलमान घिसिङ

    ‘उज्यालो नेपाल’ अभियान लिएर मध्यपूर्वी देशको भ्रमणमा निस्किएका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ राजनीतिक उर्जा बोकेर आज (सोमबार) नेपाल फर्किएका छन् । नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त भएपछि राजनीतिमा पाइला चाल्ने तयारीमा रहेका उनले प्रवासमा रहेका नेपालीको समर्थन बटुल्न मध्यपूर्वको यात्रा गरेका हुन् ।

    यसअनुसार गत जुलाई २ देखि ४ सम्म बहराइन, जुलाई ५ देखि ८ सम्म युएई, जुलाई ९ देखि १० सम्म ओमन र कतारमा जुलाई ११ देखि १३ सम्म मध्यपूर्वका विभिन्न देशहरूमा रहेका नेपाली श्रमिकहरूसँग साक्षात्कार गरी आइतबार राति कतारबाट नेपाल फर्किएका हुन् । उनलाई गैरआवासीय नेपाली संघका अध्यक्ष रमेश भट्टले हमाद इन्टरनेशनल एयरपोर्टबाट बिदाइ गरेका थिए । घिसिङको स्वागत र सत्कारमा मध्यपूर्वका नेपाली दूतावासदेखि त्यहाँ रहेका स्थापित संघ संगठनहरूले भेट गरेका थिए ।

    उनीहरूले आफूहरूको समस्याबारे गुनासो समेत राखेका थिए । कतारमा घिसिङले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार र नेपाल आदिवासी जनजाति महासघंको संयुक्त आयोजनामा आयोजित ‘उज्यालो संवाद कार्यक्रम २०२५’ लाई सम्बोधन गरे । उनले विदेशमा काम गरेर विप्रेषणले मुलुकको अर्थतन्त्र धानिरहेको अवस्थामा सरकारले विदेशमा बस्ने नेपालीलाई अपमानित गर्ने गर्ने गरेको समेत टिप्पणी गरेका छन् ।

    उनले जनताले म्यान्डेट दिए आफू नयाँ राजनीति पार्टी खोल्ने तयार रहेको बताएका छन् । उनले नभए मूलधारको राजनीतिमा प्रवेश गर्न सक्ने बताएका छन् । ‘तपाईंहरू जे गर भन्नु हुन्छ, म त्यो गर्न तयार छु ।’ देशको बदलिँदो राजनीति परिवेशले आफूलाई सिकार बनाएको उनको दाबी थियो । ‘आगामी दिन, अब देश बन्दैन भन्ने होइन... नेपाल बन्छ, हामीले बनाउनु पर्छ, सबै भएर अघि बढ्नु पर्छ... अँध्यारो धेरै क्षेत्रमा छन्.... यो उज्यालो अभियान भनेको देश उज्यालो बनाउने, तपाईको मुहार उज्यालो गरौं... हाम्रा बा आमा, नानीबाबू सबैको अनुहारमा उज्यालो बनाउने अभियान हामीले अगाडि बढाउँ... तपाईंहरु साथ छ भने म अगाडि बढ्न तयार छु ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट