शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

तीन सूत्रीय माग राख्दै नेविसंघको प्रदर्शन, १० जना पक्राउ

तीन सूत्रीय माग राख्दै नेविसंघको प्रदर्शन, १० जना पक्राउ

आषाढ ३०, २०८२ सोमवार
आषाढ ३०, २०८२ सोमवार
  • तीन सूत्रीय माग राख्दै नेविसंघको प्रदर्शन, १० जना पक्राउ

    सत्ता साझेदार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तीन सूत्रीय माग राखेर प्रदर्शन गरेको छ ।

    सोमबार बिहान बल्खु सडकदेखि कीर्तिपुर उपकुलपति कार्यालयसम्म चक्काजामा गरेको त्रिवि नेविसंघ सभापति विष्णु बडैलाले बताए । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि नेविसंघका १० जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

    प्रदर्शनमा नेविसंघ केन्द्रीय सदस्य तथा त्रिवि स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष दिपकराज जोशी, नेविसंघ केन्द्रीय सदस्य डन्डीराज जोशी, नेविसंघ त्रिवि समिति बडैला, ताहाचल क्याम्पसका नेविसंघ नेता पुष्पराज बटाला लगायतका विद्यार्थीहरू सहभागी थिए । विद्यालय शिक्षा ऐन, सरकार शिक्षक महासंघ मुद्दामा बढी केन्द्रित नभई विद्यार्थी र शिक्षाको हितमा केन्द्रित हुनुपर्ने, त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक विद्यार्थी प्रतिनिधित्व बिना मान्य नहुने, सम्पूर्ण शिक्षकदेखि प्राध्यापकसम्मका नियुक्तिहरु शत प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेर प्रदर्शन गरिएको त्रिवि स्ववियु अध्यक्ष जोशीले बताए ।

    विद्यालय शिक्षा विधेयकको छलफल रोकेकोमा पनि नेविसंघले विरोध जनाएको छ । ‘आवधिक बढुवाको विरुद्धमा कार्यसम्पादन मूल्याङ्कन अंक ९० र दरबन्दी मिलान र विद्यालय मर्ज गरिनु पर्छ’, जोशीले भने । सरकारले शिक्षक महासंघसँग गरेको सहमति अनुसार ६० प्रतिशत कोटा अस्थायीलाई छुट्याएर ४० प्रतिशत मात्र खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नेगरी संसदीय समितिमा छलफल भइरहेको छ ।

    ६० प्रतिशतलाई पनि बढाउनु पर्ने कांग्रेसको अडानका कारण प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार