Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

बागलुङ गलकोट नगरपालिका– ११ काउसेस्थित मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । सडकमा पहिरो थुप्रिएपछि लोकपथ पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।