शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

टिकटकमा गाली गलौज गर्ने २० वर्षीया रोशनी खातुन जनकपुरधामबाट पक्राउ

टिकटकमा गाली गलौज गर्ने २० वर्षीया रोशनी खातुन जनकपुरधामबाट पक्राउ

आषाढ ३०, २०८२ सोमवार
आषाढ ३०, २०८२ सोमवार
  • टिकटकमा गाली गलौज गर्ने २० वर्षीया रोशनी खातुन  जनकपुरधामबाट पक्राउ

    सामाजिक संजाल टिकटक मार्फत सार्वजनिक रुपमा अश्लील शब्द र गाली गलौज गर्ने एक युवतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जनकपुरधाम उप-महानगरपालिका-२४ की करिब २० वर्षीया रोशनी खातुन रहेकी छन् । सामाजिक सञ्जाल टिकटकमा निरन्तर अभद्र भाषा प्रयोग गरेको आरोपमा टिकटकर खातुनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    प्रहरीका अनुसार खातुनले टिकटकमा प्रयोग गरेको भाषा र व्यवहारले समाजमा नकारात्मक असर पारेको र सार्वजनिक नैतिकता र सामाजिक सद्भावमा खलल पुर्‍याउने किसिमको रहेको छ ।

    खातुनविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ भने जिल्ला अदालतबाट म्याद थप गरी उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको छ  ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार