शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

काठमाडौंसहित आज ३३ जिल्लामा बाढीको जोखिम

काठमाडौंसहित आज ३३ जिल्लामा बाढीको जोखिम

आषाढ २८, २०८२ शनिवार
आषाढ २८, २०८२ शनिवार
  • काठमाडौंसहित आज ३३ जिल्लामा बाढीको जोखिम

    देशका केही नदी तथा खोलामा आज (शनिबार) पनि बाढीको सम्भावना छ । सात वटै प्रदेशका केही जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो ।

    जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिन जस्तै आज (शनिबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाब सतर्कता तहभन्दा तलै छ ।

    जिल्लाका हिसाबले भने आज बारा, पर्सा, रौतहट, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रेपलान्चोक, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ ।

    आज संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, सिन्धुली, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, गुल्मी, प्यठान, बैतडी, डोटी, बझाङ र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना पनि मध्यम नै रहेको बाढी महाशाखाले जनाएको छ । उल्लिखित ३३ जिल्लालाई बाढी महाशाखाले पहेंलो रङ अर्थात एल्लो अलर्टमा राखेर खोला/नदी क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ ।

    b(27).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार