असार २४ गते आएको भोटेकोशीको बाढी पछि अहिले पनि ९१ जना नेपाली केरुङमै रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय रसुवाले उनीहरुलाई नेपाल ल्याउन गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल थालिएको बताएपनि अहिलेसम्म उनीहरुलाई ल्याउने विषयमा ठोस पहल भएको पाइएको छैन ।
केरुङमा रहेका ९१ जना नेपाली नागरिकहरुलाई चिनीयाँ पक्षबाट केरुङमा खान, बस्न, औषधिपचार र अन्य आवश्यक प्रबन्ध सहित सुरक्षित अवस्थामा राखिएको जानकारी चिनीयाँ पक्षले जानकारी दिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ । बाढीबाट प्रभावित भएका चीनतर्फ सुरक्षित स्थानमा स्थानान्तरण गरिएका उल्लेखित ९१ जना र रोजगारी, पर्यटन र व्यवसायको शिलशिलामा केरुङमा रहेका नेपाल फर्किन चाहने अन्य नागरिकहरुलाई समेत वैकल्पिक मार्ग प्रयोग गरी नेपाल फर्काउन कूटनीतिक पहल थालिएको बताइएको छ ।
साथै बाढीका कारण चीनतर्फका समेत ११ जना व्यक्तिहरु हराइरहेको जानकारी चिनियाँ पक्षले जानकारी दिएको छ ।साथै चीनले बेपत्ता भएका आफ्ना नागरिक समेत बाढीका कारण बगाई नेपालतर्फ आएको हुन सक्ने भएकाले निजहरुको समेत शव पहिचान, डिएनए परिक्षण लगायतका कार्य गर्नका लागि चीनतर्फबाट हराइरहेका व्यक्तिहरुको विवरण समेत चीनियाँ पक्षबाट उपलब्ध गराउनका लागि गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल थालिएको जिप्रका रसुवाले जनाएको छ ।