शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

यी शर्तमा छुटे पूर्वराजाका संवाद सचिव पाठक

यी शर्तमा छुटे पूर्वराजाका संवाद सचिव पाठक

आषाढ २७, २०८२ शुक्रवार
आषाढ २७, २०८२ शुक्रवार
  • यी शर्तमा छुटे पूर्वराजाका संवाद सचिव पाठक

    पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक तीन शर्तमा छुटेका छन् । शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिन्द्र पाठक तीन शर्तमा छुटेका जिल्ला प्रहरी परिसर काठमाडौं एसपी अपिलराज बोहराले जानकारी दिए ।

    शर्तमा कागज गराई परिवारको जिम्मामा छोडेको उनले बताए । प्रहरीले दिनभरी उनलाई सोधपुछ गरी पौने आठ बजेतिर छाडेका हो।‘अबदेखि श्री ५ नलेख्ने’ शर्तसहित छुटेका छन् । बिहान ८ बजेतिर निवास नजिकैबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    पूर्वराजा ज्ञानेन्द्र शाहका वक्तव्य, सम्बोधनलगायतमा उनले नै ‘श्री ५’ लेखेर सार्वजनिक गरेको भन्दै प्रहरीले मौखिक उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको जानकारी दिएको थियो । बिहान नियन्त्रणमा लिएर उनलाई दिनभर काठमाडौं प्रहरी परिसरमा राखिएको थियो ।

    ‘अबदेखि श्री ५ नलेख्ने शर्तमा छाडेका छौँ’, काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहोराले भने, ‘पहिला प्रयोग गरिएका सबै विज्ञप्ति पनि फेसबुकबाट हटाउने प्रतिवद्धता जनाएका छन् । अबदेखि जारी हुने त्यस्ता सूचनामा पनि संवाद सचिव नलेख्ने र पूर्वराजा नै उल्लेख गर्ने शर्तपछि हामीले छाडेका छौँ ।’ उनका अनुसार पाठकलाई आफन्तको जिम्मा लगाइएको छ ।

    यी हुन् शर्तहरू :
    आफ्नो फेसबुकबाट यसरी मेसेजहरू सम्प्रेषण नगर्ने ।
    यसरी पोष्ट गरिएको मेसेजहरू डिलिट गर्ने ।
    अबदेखि श्री ५ महाराजधिराज भनेर समाचार नदिने ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार