शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कति पुगे एनआरएनएका सदस्य?

कति पुगे एनआरएनएका सदस्य?

आषाढ २७, २०८२ शुक्रवार
आषाढ २७, २०८२ शुक्रवार
  • कति पुगे एनआरएनएका सदस्य?

    गैरआवासीय नेपाली संघ (एनआरएनए) का लागि सन् २०२५–२०२७ कार्यकालको सदस्यता संकलन तीव्र गतिमा भइरहेको छ ।

    २०२५ जुलाई ११ सम्मको तथ्यांकअनुसार कुल ६८ हजार ६५१ जना सदस्यता आवेदन स्वीकृत भइसकेको छ भने थप ५ हजार १९८ नयाँ आवेदन स्वीकृतिको प्रक्रियामा रहेका छन् । संसारभरका ५६ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मार्फत सदस्यता संकलन भैरहेको छ ।

    देश अनुसार सदस्यता विवरण (स्वीकृत)

    जापान – १८,३९३ सदस्य, अष्ट्रेलिया – १५,५५१ सदस्य,  संयुक्त राज्य अमेरिका – ९,६७१ सदस्य, बेलायत – ३,५०८ सदस्य, साउदी अरेबिया – ३,१२७ सदस्य, क्यानडा – ५,७५० सदस्य, कतार – १,१२४ सदस्य, आयरल्याण्ड – १,४०२ सदस्य, संयुक्त अरब इमिरेट्स (यूएई) – १,९२० सदस्य ।

    क्षेत्रगत सदस्य संख्या (स्वीकृत) :

    एशिया प्यासिफिक: १९,९११, ओसियानिया: १६,५३६, मेरिकाज: १५,४२१, युरोप: ९,८११, मध्यपूर्व: ६,३५७ र अफ्रिका: ६१५ ।

    क्षेत्रगत सहभागिता (प्रतिशतमा)

    एशिया प्यासिफिक: २९.०%, ओसियानिया: २४.१%, अमेरिकाज: २२.५%, युरोप: १४.३%, मध्यपूर्व: ९.३% र अफ्रिका: १% ।

    गैरआवासीय नेपाली संघले स्मार्ट एनआरएनए (Smart NRNA) मोबाइल एपमार्फत सदस्यता प्रणालीलाई थप सहज, पारदर्शी र आधुनिक बनाएको जनाएको छ । आगामी दिनहरूमा बाँकी सदस्यता आवेदन स्वीकृति भएपछि यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

    हालसम्म, ५६  वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरू एमआइएस प्रणालीमा आबद्ध भइसकेका छन् । जापान र अष्ट्रेलियामा सदस्यता वितरण सकिएको छ, जसमा जापान शीर्ष स्थानमा देखिएको छ भने अष्ट्रेलियाको सहभागिता पनि उल्लेखनीय छ। यस्तै क्यानाडा, न्युजिल्यान्ड, आयरल्याण्ड, साउदी अरेबियामा, साउथ सुडान, फ्रान्समा पनि सदस्यता वितरण सकिसकेको छ ।आगामी दिनहरूमा बाँकी परिषद्हरूको सदस्यता आवेदन स्वीकृति पश्चात् यो संख्या अझै बढ्ने अपेक्षा गरिएको एनआरएनए ले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट