शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

खानेपानी मन्त्री यादवको गृह जिल्लामा पानी अभाव, खाली घैँटो र बाल्टिन बोकेर गरे विरोध

खानेपानी मन्त्री यादवको गृह जिल्लामा पानी अभाव, खाली घैँटो र बाल्टिन बोकेर गरे विरोध

आषाढ २५, २०८२ बुधवार
आषाढ २५, २०८२ बुधवार
  • खानेपानी मन्त्री यादवको गृह जिल्लामा पानी अभाव,  खाली घैँटो र बाल्टिन बोकेर गरे विरोध

    पर्साको वीरगञ्ज महानगरपालिकाको विभिन्न वस्तीमा खानेपानीको अभाव भएपछि वरुण यन्त्र ( दमकल ) बाट वितरण गरिएको छ । लामो समयदेखि पानीको आपूर्ति अवरुद्ध हुँदा र चापाकलहरू पनि सुकेपछि खानेपानीको अभाव भएको हो । वीरगञ्ज महानगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाले आफ्ना विभिन्न वडाहरूमा ट्याङ्कर मार्फत पानी वितरण कार्य गरिरहेको छ ।

    Photo (13).jpeg

    वीरगञ्जका विभिन्न टोलमा पुगेर  मेयर राजेशमान सिंह आफै ट्यांकरबाट पानी वितरण गर्दै आएका छन । सिंहका अनुसार समस्या समाधानका लागि दीर्घकालीन योजना अघि बढाउने तयारी भइरहेको छ । तत्कालका लागि ट्यांकरमार्फत पानी आपूर्ति गरी जनतालाई सहजता दिन नगरपालिकाले पहल थालेको उनको भनाइ छ । सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले पनि पालिकाको वस्तीमा ट्यांकरमार्फत पानी वितरण गरिरहेका छन । खानेपानी मन्त्रीकै गृह  जिल्लामा पानीको अभाव भएको भन्दै जनमत पाटीले वीरगञ्जमा विरोध जनाएको छ ।  तिनै तहको सरकारले खाने पानीको विषयमा गम्भीर हुनुपर्ने र तत्काल समाधान गर्नु पर्ने उनीहरुको माग छ ।  खाली घैँटो र बाल्टिनसहित ‘जल सत्याग्रह’ नारासहितको ब्यानर बोकेर विरोध गरेका हुन् ।

    Photo (1).jpeg

    मधेस प्रदेशमा आफ्नै पार्टीको सरकार भए पनि खानेपानीको समस्या समाधान नभए मुख्यमन्त्री कार्यालय घेराउ गर्ने उनीहरुले चेतावनी दिएका छन  ।   संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाका विभिन्न प्रभावित वडा, टोल र घर–घरमा पुगेर स्थलगत अनुगमन गरेका छन । उनले खानेपानी समस्या समाधानका लागि सक्रिय पहल भइरहेको बताएका छन् ।

    Photo (4).jpeg

    खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि वीरगञ्जमा एसियाली विकास बैंकको सहयोगमा चार अर्ब ५० करोड रुपैयाँ लागतको बृहत् खानेपानी आयोजना सञ्चालन भइरहेको मन्त्री यादवले जानकारी दिए । आयोजनाले खानेपानीको दिगो व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पु¥याउने  उनको अपेक्षा छ । खानेपानी समस्या समाधानका लागी वीरगंज महानगरपालिकामा बैठक बसेको छ ।

    Photo (12).jpeg

    पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य तथा संघीय खानेपानी मन्त्री यादव सहित वीरगंज महानगरपालिकाका नगरप्रमुख, कर्मचारी, नेपाल खानेपानी संस्थानका वारा र पर्साका प्रमुखको उपस्थिति वीरगंजको खानेपानीको समस्या समाधानका लागि छलफल भएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट