बर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीमा परेका ५५ जनाको उद्धार गरिएको छ ।
नेपाल प्रहरीका अनुसार अपराहन्न ३ बजेसम्म अहिलेसम्म बाढीमा परेका ७ जनाको शव फेला परेको छ । भोटेकोशीको बाढीमा १८ जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा ३ प्रहरी, ९ सर्वसाधारण र ६ चिनियाँ नागरिक रहेका छन् ।
नेपाल चीन नाका जोड्ने मितेरी पुल बगाई पूर्ण रुपमा क्षति भएको छ भने चीनसँगको सम्पर्क पुर्णरुपमा बिच्छेद भएको छ । त्यसैगरी इभी चार्जिङ स्टेशनमा क्षति पुगेको छ भने अन्दाजी ७-८ वटा इभी गाडी बगाएको छ । त्यस्तै बाढीले रसुवागढी हाड्रोपावरमा क्षति पुर्याएको छ ।
गोसाइकुण्ड गाउँपालिका-५ पासाङल्हामु सडकखण्डस्थित धुन्चेदेखि टिमुरेसम्मको बाटो बाढीका कारण चर्किई अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।