शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रसुवा बाढी अपडेट: तीन प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना बेपत्ता

रसुवा बाढी अपडेट: तीन प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना बेपत्ता

आषाढ २४, २०८२ मंगलवार
आषाढ २४, २०८२ मंगलवार
  • रसुवा बाढी अपडेट: तीन प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना बेपत्ता

    रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना बेपत्ता भएका छन् । सम्पर्कविहीन हुनेहरूमा तीन जना प्रहरी नौं जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेको रसुवा प्रहरीले जनाएको छ । तर अहिलेसम्म सबैको पहिचान खुलाइएको छैन ।

    रसुवा प्रहरीका अनुसार चीन क्षेत्रमा परेको भीषण वर्षाका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढीमा मंगलबार बिहान ३ बजेतिर बाढी आएको हो । बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएकाले मंगलबार बिहान ४ बजेदेखि आवतजावत बन्द भएको छ ।

    उक्त बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनर, इभी गाडीहरू समेत बगाएर लगेको पुष्टि भएको छ । मानविय क्षति समेत भएको आशंका गरिएको छ । तर कति क्षति भयो भन्ने तथ्याङ्क आएको छैन् । त्यस्तै टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ ।

    रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति पुगेको बताइएको छ । त्यस्तै, सीमापारी चीनको क्षेत्रमा रहेका मालवाहक गाडीहरू पनि नदी थुनिँदा डुबानमा परेको अवस्था छ । यस प्राकृतिक विपत्तिले ठूलो मात्रामा क्षति भएको आशंका गरिएको छ ।

    r(35).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार