शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सेनाको हेलिकोप्टरमार्फत त्रिशुलीको बाढीमा फसेका दुई जनाको उद्धार

सेनाको हेलिकोप्टरमार्फत त्रिशुलीको बाढीमा फसेका दुई जनाको उद्धार

आषाढ २४, २०८२ मंगलवार
आषाढ २४, २०८२ मंगलवार
  • सेनाको हेलिकोप्टरमार्फत त्रिशुलीको बाढीमा फसेका दुई जनाको उद्धार

     त्रिशुली नदी बीचमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

    बिदुर नगरपालिका– १ त्रिशुली, बसपार्क नजिकै त्रिशुली नदीको बीचमा फसेका एक पुरुष र एक महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । उक्त स्थानमा दुई वटा हेलिकोप्टर परिचालन भएका थिए ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदुर नपा –१ लभडाँडा मिलन चौतारा बस्ने ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङको सकुशल उद्धार भएको हो । उनीहरु एकाबिहानै नदीमा दाउरा संकलन गर्न पुगेका थिए ।

    तर, अचानक बाढीले नदीको सतह बढेपछि उनीहरु फकेका हुन् । बीचमा परेपछि केहि समय रुख चढेर बसेका थिए । चीनतर्फ अबिरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आएको हो । बाढीले रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुलमा क्षति पुगेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार