शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रसुवा बाढी : तीन प्रहरीसहित १५ जना बेपत्ता, नौं जनाको उद्धार

रसुवा बाढी : तीन प्रहरीसहित १५ जना बेपत्ता, नौं जनाको उद्धार

आषाढ २४, २०८२ मंगलवार
आषाढ २४, २०८२ मंगलवार
  • रसुवा बाढी : तीन प्रहरीसहित १५ जना बेपत्ता, नौं जनाको उद्धार

    भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा रसुवामा कम्तीमा १५ जना बेपत्ता भएका छन् । आज बिहान भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन् । उनले बाढीमा परी कम्तीमा १५ जना बेपत्ता भएको बताए ।

    प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार बेपत्ता हुनेमा तीन जना प्रहरी, ६ जना नेपाली कामदार चार जना चिनिया मजदुर र दुई जना चालक रहेका छन् । रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका नौं जनाको उद्धार भएको उनले बताए ।

    बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ । त्यहाँ सयौं इभी गाडी पनि बगाएको अनुमान गरिएको छ । स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पु¥याइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् ।

    जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदीको उपल्लो भाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएका कारण त्रिशुली नदी किनारका दुवैतर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार