Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

त्रिशुली नदी बीचमा फसेकाको उद्धारमा हेलिकोप्टर पठाइयो

त्रिशुली नदीमा आएको बाढीमा दुई जना फसेका छन् ।

नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशुली नदीमा आएको बाढीमा दुई जना फसेका हुन् । घाँस–दाउरा गर्न गएका उनीहरु नदीमा बाढी आएपछि त्यही फसेका हुन् ।

सोमबारदेखि उनीहरु रुखमा चढेर बसेका छन् । रुखमुनि बाढी आएको छ । उनीहरु दुवै जना एकै परिवारका हुन् । नदीमा फसेकाहरूलाई उद्धार गर्न हेलिकप्ट पुगेको छ ।

नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार उद्धारका लागि सेनाको हेलिकोप्टर बोलाइएको हो ।