Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

मर्चवारी गाउँपालिकाका वडाअध्यक्ष यादव घुससहित पक्राउ

रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका–३ का वडाअध्यक्ष जनार्दन यादवले घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष यादवले तीन लाख रुपैयाँसहित पक्राउ गरेको जनाएको छ । वडामा विभिन्न योजनाहरूको निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग मोलमोलाई गरी सो रकम माग गरेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार यादवले उक्त घुस रकम जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङ्गका सञ्चालक विपिनकुमार पाण्डेयलाई लिन लगाएका थिए ।

 पाण्डेयले रकम लिइसकेको अवस्थामा आयोगको टोलीले वडाअध्यक्ष यादव र पाण्डेयलाई तीन लाख रुपैयाँ घुस रकमसहित आज (असार २३ गते) नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।