शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर (फोटोफिचर)

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर (फोटोफिचर)

आषाढ २३, २०८२ सोमवार
आषाढ २३, २०८२ सोमवार
  • जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर (फोटोफिचर)

    विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण गर्ने अग्रणी कम्पनी टिभिएसले जुपिटर ११० लन्च गरेको छ । जगदम्बा मोटर्स नेपालको संयोजकत्वमा स्कूटर लन्च भएको हो ।

    Photo (8) (2).jpg 

    सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच विश्वव्यापी रूपमा दुई–दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण गर्ने अग्रणी कम्पनीले टिभिएस जुपिटर ११० सार्वजनिक गरेको हो । स्कूटरको सुरुवाती मूल्य २ लाख ५७ हजार ९०० राखिएको छ । 

    Photo (3) (3).jpg

    यो स्कुटर अत्याधुनिक इन्जिन र आफ्नो सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका नवीनतम प्रविधिहरूले सुसज्जित छ । जुपिटर ११० ले एक स्कुटर मात्र होइन, शैली, माइलेज, प्रदर्शन, आराम, सुविधा, सुरक्षा र प्रविधिको सन्तुलनको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ । 

    जुपिटर विश्वभरी ७० लाखभन्दा बढी प्रयोगकर्ताहरूको विश्वास जित्दै, उनीहरूको विविध आवश्यकताहरू पूरा गर्दै आएको छ । १५ वटा सेग्मेन्टमै पहिलो र १४ वटा उत्कृष्ट विशेषताहरूसहितको यो नयाँ टेक–फ्रेंड्ली जुपिटर ११० नेपालका उपभोक्ताहरूका बदलिँदो रोजाइअनुसार तयार गरिएको यो ।

    Photo (7) (3).jpg

    टिभिएस जुपिटरलाई अधिकतम आराम र सुविधा सुनिश्चित गर्दै सावधानीपूर्वक डिजाइन गरिएको छ । यसमा फराकिलो ग्लोभ बक्स, अगाडिको फ्युल फिल, लामो सिट, एकै ठाउँबाट खोल्न मिल्ने लक, मोबाइल चार्जर समावेश छन् ।

    ठूला १२ इन्चका पाङ्ग्रा र उचित व्हीलबेससँग मिलेर, नयाँ टिभिएस जुपिटर ११० ले साँघुरो ट्राफिकमा पनि निकै सहज र धेरै कम गतिमा पनि सन्तुलित यात्रा प्रदान गर्दछ ।

    Swastima Khadka .jpg

    जगदम्बा मोटर्स नेपालमा दुई पांग्रे र व्यावसायिक सवारीसाधनको प्रमुख वितरक तथा सेवा प्रदायक कम्पनी हो । सोही कम्पनीका साहिल अग्रवाल र अखिल गुप्ताले स्कूटरको उदघाटन गरेका हुन् । जगदम्बा मोटर्सले लामो समयदेखि नेपाली बजारमा विश्वस्तरीय मोबिलिटी उत्पादनहरू ल्याउँदै आएको छ । 

    Pradip Khadka  .jpg

    टिभिएस मोटर कम्पनी लगायतका प्रतिष्ठित विश्वव्यापी ब्रान्डहरूको आधिकारिक डिलरको रूपमा, जगदम्बाले नेपालभरि रहेका डिलरशिप नेटवर्कमार्फत उत्कृष्ट बिक्री, बिक्रीपछिको सेवा र वास्तविक स्पेयर पाट्र्स उपलब्ध गराउँदै आएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट