Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

युनुस अन्सारीलाई १५ लाख धरौटीमा छाड्न आदेश, धरौटी बुझाउन नसकेपछि जेल चलान

युनुस अन्सारी १५ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् ।

न्यायाधीश बलराम लम्सालको इजलासले १५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । तर उक्त धरौटी रकम बुझाउन नसकेपछि उनी कारागार चलान भएका हुन् ।

नक्कली नोट प्रकरणमा कैद भुक्तान गरेर रिहा भए लगत्तै गत जेठ १० गते शनिबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरबाट पक्राउ गरेको थियो ।

प्रहरीले उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो । यस मुद्दामा युनुससहित चार जना र एक संस्थाविरुद्ध मुद्दा दायर भएको थियो ।

युनुस अन्सारी अध्यक्ष रहेको नेशनल टेलिभिजनसहित प्रतिवादीमध्येका युनिसकी श्रीमती सालमा खातुन, प्रमिला अधिकारी र सुवेश्वरप्रसाद कुशवाहविरुद्ध मुद्दा दायर भएको थियो ।