शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

त्रिवि उपकुलपतिमा तीन जना सिफारिस, नाम गोप्य

त्रिवि उपकुलपतिमा तीन जना सिफारिस, नाम गोप्य

आषाढ २३, २०८२ सोमवार
आषाढ २३, २०८२ सोमवार
  • त्रिवि उपकुलपतिमा तीन जना सिफारिस, नाम गोप्य

    उपकुलपति छनोट सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ । समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई सोमबार नाम सिफारिस गरेको हो । तर तीनै जनाको नाम सार्वजनिक भने गरिएको छैन ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकमा गठिन समितिले तीन जनाको नाम छनौट गरी तयारी पारेको हो । समितिले आइतबार साँझ बैठक बसी आवेदक १२ मध्ये तीन जनाको नाम टुंगो लगाएको हो । टुंगिएका नाम त्रिविको उपकुलपतिको सिफारिसका लागि समिति संयोजक एवं शिक्षा मन्त्री पन्तले विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका हुन् । यस पटक उपकुलपति छनौटका लागि गत वर्षको झैं खुला आवेदन माग गरिएको थिएन । त्रिवि ऐन अनुसार शिक्षा मन्त्रीको संयोजकमा तीन सदस्य छनौट समिति गठन गरी उपकुलपति खोज्ने काम गरिएको थियो ।

    निर्वतमान उपकुलपति केशरजंग बरालले चैत १५ गते पदबाट राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्त हुन सकेको थिएन । हालसम्म त्रिविका शिक्षा अध्यक्ष प्राडा खड्ग केसीले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका छन् । चार वर्षको कार्यकालका लागि नियुक्त भएका बरालले १३ महिनामै राजीनामा दिएका थिए । कुलपति ओलीले चैत २८ गते बरालको राजीनामा स्वीकृत गरेका थिए ।

    त्यसपछि वैशाख २ गते शिक्षाध्यक्ष केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए । निवर्तमान उपकुलपति बरालको पालामा अधिकांश समय त्रिविमा तालाबन्दीमै बितेको थियो । आंशिक र करारका शिक्षकहरूले विभिन्न माग राखेर तालाबन्दी र कार्यालय घेराउ गरेपछि बराललाई विश्वविद्यालयमा आफ्नो कार्यकक्षमा बसेर काम गर्न सास्ती खेप्नु परेको थियो ।

    उपकुलपति रिक्त भएमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिन सकिने प्रावधानअनुसार केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो । कुलपति एवं प्रधानमन्त्री ओलीले जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए। समितिले १२ जनामध्ये पाँच जना प्राध्यापकको नाम पहिलो चरणमा छानेर छलफल गरी तीन जनाको नाम सिफारिस गरेको मन्त्रालयले बताएको छ । मन्त्रालयका उच्च स्रोतका अनुसार समितिले प्राडा योगेन्द्रबहादुर गुरुङ, प्राडा खड्ग केसी र प्राडा विनिल अर्यालको नाम सिफारिस गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार