शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपाली फिल्म किन अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्दैनन्?

नेपाली फिल्म किन अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्दैनन्?

आषाढ २३, २०८२ सोमवार
आषाढ २३, २०८२ सोमवार
  • नेपाली फिल्म किन अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्दैनन्?

    कलाकार एवम चलचित्र क्षेत्रका सरोकारवालाहरुले नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा लैजान नसक्नुको कारणबारे समीक्षा गरेका छन् । काठमाडौं विश्व विद्यालय र समीक्षक समाजले आइतबार काठमाडौंमा आयोजना गरेको ‘चलचित्र कन्फ्रेन्स’मा बोल्ने वक्ताहरुले विश्व हुने फेस्टिभलहरुमा नेपाली फिल्महरुको सहभागिता बढाउनुपर्ने औंल्याए ।

     फिल्म निर्देशक सुबर्ण थापाले अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म लान नसकिएको स्वीकार्दै यस विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए । उनले पछिल्लो समय धेरै कमाइ गर्न सफल २५ वटा नेपाली चलचित्र पनि अन्तर्राष्ट्रिय बजारका फेस्टिवलमा जान नसक्नु कमजोरी रहेको बताए ।

    Photo (13) (2).jpg

    उनले भने, ‘सफल भएका २५ वटा फिल्ममध्ये एउटा पनि अन्तर्राष्ट्रिय बजारमा देखाउन सकिएन् । आफ्नो ठाउँमा पैसा कमाउनु ठिकै होला तर २५ वटामध्ये एउटा पनि फिल्म फेस्टिवलमा किन पुग्दैनन् ?’ ‘सामाजिक विषयवस्तुमा बनेका फिल्मका कथाबस्तु, अन्तर्राष्ट्रिय सिनारियो र दर्शक नमिलेर हो कि जस्तो लाग्छ । निर्माणमा पनि कमजोरी होला । अन्तर्राष्ट्रिय सिनारियोमा कथा लेखन अनुरुप नभएर पनि हो कि,’ उनले भने ।  

    Photo (3) (3).jpg

    यसैगरी नायिका केकी अधिकारीले फिल्म व्यापारिक रुपमा चलाउन चुनौति रहेको औंल्याइन् । उनले आफूले अभिनय गरेको फिल्म ‘बोक्सीको घर’का बारे चर्चा गर्दै कथावस्तु, गीत र प्रचारका विभिन्न नीतिले ‘बोक्सीको घर’ले घरेलु बजारमा राम्रो व्यापार गरेको सुनाइन् । ‘महोत्सव फिल्म भर्सेस घरेलु बजार’शीर्षकमा भएको अन्तरक्रियात्मक कार्यक्रममा ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले पनि फिल्मले व्यावसायिक तहल्का मच्चाउनुको खास कारण खुलाए ।

    Photo (12) (1).jpg

    निर्देशक दीपेन्द्र लामाले हल मालिकले फिल्म बुझ्न नसक्दा समस्या हुने गरेको औंल्याए । ‘खासमा हलमा नातावाद कृपावाद चल्ने होइन । उनले फिल्मको व्यापार राम्रो हुनु एउटा पाटो हो, फिल्म महोत्सवमा पुग्नु अर्को पाटो भएको पनि बताए ।

    अर्का निर्देशक सुवर्ण थापाले महोत्सव जाने फिल्मले अन्तर्राष्ट्रिय बजारमा देशकै प्रतिनिधित्व गर्ने हुँदा यसको योगदानको सम्मान गर्नुपर्ने धारणा राखे । उनले चलचित्र विकास बोर्डले सर्वाधिक कमाउने फिल्मलाई मात्रै नभई महोत्सव पुगेका फिल्मलाई पनि सम्मान गर्नुपर्ने बताएका हुन् । 

    Photo (6) (3).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार