Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

स्वदेश फर्कियो च्याम्पियन यू-१६ राष्ट्रिय क्रिकेट टिम

एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ ।

गएराती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको यू-१६ राष्ट्रिय टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का लगायत क्यानका पदाधिकारीले स्वागत गरेका थिए । 

फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको थियो ।  नेपालले लगातार दोस्रो पटक एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको छ । 

विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू-१६ टिम मलेसियामा यो प्रतियोगिता खेलेको थियो । नेपाली टिममा विपिन प्रसाद शर्मा (कप्तान), सुर्यान्शु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेट किपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहेका थिए ।