Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

नाला र भक्तपुर सडक फेरि अवरुद्ध

काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्ड अवरुद्ध भएको छ ।

सो सडक खण्डको पुण्यमाता खोलामा भाँचिएको पुलमा ह्युम पाइप राखेर सडक खुलाइएको भएपनि गएराती आएको बाढीले ह्युम पाइपमाथि राखेको माटो बगाएर लागेपछि सडक अवरुद्ध भएको हो । 

यस अघि शनिबार बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको सडक आइतबार ह्युम पाइप राखेर सुचारू गरिएको थियो ।  

यो सडक काठमाडौँ आउने र जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । २०३७ मा निर्माण भएको सो पुल ४५ बर्षपछि भाँचिएको थियो ।