Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

काठमाडौँबाट जुवा खेलिरहेका ९ जना पक्राउ

काठमाडौं महानगरपालिका-१ सेतोढोकाबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ घर भएका ४५ वर्षीय चेन्जे शेर्पा समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार २ सय ६५ रूपैयाँ, ८ बुक तास र ११ थान मोबाइल सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।