Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुराबाट एक जना पक्राउ

डडेल्धुराबाट १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा परशुराम नगरपालिका-८ जम्रानी गैरी गाउँ बस्ने ५० वर्षीय लक्ष्मण बहादुर धामीलाई प्रहरीले पक्राउ गरेको छ । 

लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।