Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

काठमाडौं भ्यूटावरका ठेकेदार भेटवाल थुनामै नबसी रिहा

काठमाडौं भ्यूटावरका ठेकेदार मनोजकुमार भेटवाल रिहा भएका छन् । चेक बाउन्सको आरोपमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि अदालतले म्याद थप नगरेपछि उनी गत १९ गते नै रिहा भएका हुन् ।

उनी गत असार १३ गते पक्राउ परेका थिए । पक्राउ परे लगत्तै सुटुुक्क अस्पताल भर्ना भएका उनी थुनामा बस्दै नबसी रिहा भएका हुन् ।

अस्पतालबाटै म्याद थपका लागि जिल्ला अदालत काठमाडौं उपस्थित भएका भेटवाललाई सो दिन म्याद थप नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ‘स्वास्थ्यको कारण देखाउँदै अदालतबाट म्याद थप भएन । त्यसपछि हामीले केही गर्ने कुरा भएन,’ एसपी बोहराले भने ।

करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा उनी पक्राउ परेका थिए ।