Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

शिक्षा समितिको बैठक बस्दै, विद्यालय शिक्षा विधेयक पारितको तयारी

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । आज अपराहन्न १ बजेका लागि बोलाइएको बैठकले बहुचर्चित विद्यालय शिक्षा विधेयक पारित गर्ने बताइएको छ ।

यस अघि गत सोमबारनै विधेयक पारित गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेपछि समितिको बैठक कुनै निर्णय नगरी स्थगित गरिएको थियो ।

सरकारले आन्दोलनरत शिक्षकहरुसँग असार १५ गतेसम्म विधेयक पारित गर्ने सहमति गरेको भएपनि सो समयमा समितिमै यो विधेयक टुंगोमा पुग्न सकेको छैन ।