शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

गाउँमा नै नर्सरी, वार्षिक हजारौँ बिरुवा बेच्दै

गाउँमा नै नर्सरी, वार्षिक हजारौँ बिरुवा बेच्दै

आषाढ २१, २०८२ शनिवार
आषाढ २१, २०८२ शनिवार
  • गाउँमा नै नर्सरी, वार्षिक हजारौँ बिरुवा बेच्दै

    नेपालमा केही काम छैन, केही काम पाईँदैन वा केही हुँदैन भन्नेलाई रामेछापको मन्थली नगरपालिका–१४ फुलासीका एक युवाले राम्रै जवाफ दिएका छन् ।  फुलासीका चिनाकुमार तामाङ रउनकी पत्नी अनिता तामाङले गाउँमा नै फलफूलको नर्सरी राखेर मेहनत गर्ने हो भने गाउँमा प्रशस्त अवसर छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।

    Photo (1) (2).jpeg

    देशमा केही अवसर छैन भनेर विदेशमा एकथरि युवाले पसिना बगाइरहँदा तामाङ दम्पती गाउँमा नै रमाइरहेका छन् । १० वर्ष अघि सुरु भएको युवा एग्रिकल्चर फार्म अहिले देशभरि बिरुवा बिक्री गर्ने फार्म बनेको छ । त्यही फार्ममा तामाङ दम्पती रमाइरहेका छन् । फार्ममा अहिले विभिन्न जातका ३० हजार भन्दा बढी तयारी बिरुवा रहेका छन् ।

    Photo (2).jpeg

    नर्सरीमा जापनिज हलुवाबेद, सुन्तला, मुन्तला, जुनार, ओखर, किवी, बुद्धचित्त लगायतका बिक्रीका लागि तयारी बिरुवा छन् । सो नर्सरीका बिरुवा देश भरि पुग्ने अनिता बताउँछिन् । ‘नेपाल भरि नै जान्छ, कोही नर्सरीमा नै आएर बिरुवा किन्छन्, धेरैले फोनबाटै सम्पर्क गर्छन्, हामी नर्सरीबाट बिरुवा पठाइदिन्छौँ’, उनले भनिन् । नर्सरीमा आफू मात्र है तामाङ दम्पतीले अन्यलाई पनि रोजगारी दिएको छ । बिरुवा लगाउने, गोडमेल गर्ने, बिरुवा ओसार्ने बेलामा अन्य मान्छेहरू लगाएर काम गर्ने गरेको तामाङले बताए । 

    Photo (6) (1).jpeg

    नर्सरीबाट मेहनत अनुसार राम्रै कमाइ हुने चिनाकुमार बताउँछन् । ‘विदेश जानु परेको छैन, आफ्नै गाउँमा बसिएको छ, रमाइएको छ, मेहनत अनुसार ठिकै छ’, उनले भने ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार