Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

विष्णुमती खोलाले बगाएका व्यक्तिलाई प्रहरीले बचायो

काठमाडौँको विष्णुमती खोलाले बगाएका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । 

शुक्रबार साँझ ६ः४० बजेको समयमा काठमाडौँ महानगरपालिका–१६ भ्याली कोल्ड स्टोर नजिक विष्णुमती खोलाले बगाएको व्यक्तिको प्रहरी उद्धार गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले सामाजिक सञ्जालमा अपलोड गरेको भिडिओमा एक व्यक्ति खोलामा बगिरहेको देखिन्छन् । उनलाई बचाउन प्रहरी खोलामै हामफालेका छन् भने डोरीको सहायताले उनलाई बाहिर तानिएको छ ।

 प्रहरीले उद्धार गरिएका व्यक्तिबारे थप बताएको छैन ।