Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न कलाकर्मीको लाइन

भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको पक्षमा कलाकारहरूले बलियो साथ दिंदै धमाधम हस्ताक्षर गरिरहेका छन् । (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर संकलन अभियान अहिले जारी छ ।

rabi lamichhane-hastakchhar2025-07-04-16-33-45.jpg

आज (शुक्रबार) पनि कलाकार तथा निर्माता–निर्देशकहरू घडीघर वनस्थली पुगेर हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेहरूमा कलाकालहरू रामचन्द्र अधिकारी, राजाराम पौडेल, खेम सेन्चुरी, खगेन्द्र लामिछाने, अशोक शर्मा, दीपेन्द्र के खनाललगायत छन् । 

rabi lamichhane-hastakchhar5.jpg

रमेश उप्रेती, विपिन अधिकारीलगायतले यसअघि नै हस्ताक्षर गरिसकेका छन् । आज नागपोखरीस्थित एउटा रेस्टुरेन्टमा हस्ताक्षर संकलन कार्यक्रम राखिएको थियो ।

rabi lamichhane-hastakchhar2.jpg

आज कलाकारहरूलाई जुटाउने कार्यमा रविकी पत्नी निकिता आफै सक्रिय रहेको स्रोतले जनाएको छ । 

rabi lamichhane-hastakchhar8.jpg

उनी चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष समेत हुन् । हस्ताक्षरपछि प्रतिक्रिया दिंदै अधिकांश कलाकारहरूले रवि लामिछानेको मुद्दामा अदालतबाट निष्पक्ष न्याय सम्पादन होस् भन्ने आफूहरूले चाहेको बताएका छन् ।

rabi lamichhane-hastakchhar4.jpg

सहकारी ठगी प्रकरणमा मुछिएर भैरहवा कारागारमा रहेका लामिछानेले गत असार ७ गते २० पृष्ठको अपिल जारी गर्दै हस्ताक्षर सन्कलन अभियानको घोषणा गरेका थिए ।

rabi lamichhane-hastakchhar3.jpg

त्यसअनुरूप उनको पार्टीले हस्ताक्षर अभियान जारी राखेको छ ।

rabi lamichhane-hastakchhar1.jpg