Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पहिचान बचाउनका लागि निरन्तर संघर्ष गर्नेहरुलाई महानगरले सम्झिन्छः सुनिता डंगोल

काठमाडौं महानगरपालिकाले अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि परम्परागत टोल÷गुथि÷खलहरुलाई आर्थिक अनुदान सहयोग रकमको चेक हस्तान्तरण गरेको छ । 

Photo (17).jpg

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।  सोही क्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले दिएको रकम अनुदान नभएको भन्दै यो पहिचान बचाउनको लागि निरन्तर निस्वार्थ रुपमा योगदान गर्नेहरुको लागि सम्मान भएको बताएकी छन् ।

Photo (11).jpg

उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले दिएको रकम अनुदान स्वरुप दिन लागेको होइन, सम्मान गरेर दिन लागेको हो । अनुदान भन्ने वित्तिकै सहयोग भन्ने बुझिन्छ । तर महानगरपालिकाको पहिचान बचाउनको लागि निरन्तर निस्वार्थ रुपमा योगदान दिनु भएको छ र यो त्यसकै सम्मान हो ।’

Sunita  Dongol 1.jpg

यस्तै, उनले  काठमाडौं महानगरपालिकाभित्र रहेको हरेक समुदाय र बाजाको उत्तिकै महत्व रहेको भन्दै बाजागुरुलाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको बताइन् । 

Photo (1).jpg