Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

स्रोत नखुलेको रकमसहित सप्तरीबाट एक जना पक्राउ

सप्तरी, बलान बिहुल गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ र मोबाइल १ थान सहित सिराहा भगवानपुर गाउँपालिका-४ ठारी बस्ने ५८ वर्षीय जगदिश यादवलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको म.प्र-०१-००४ प ७९८९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।