Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

अब सरकारी जागिरेले पेन्सन र उपदान नपाउने

आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ।

यस आर्थिक वर्षसम्ममा जागिर खाएका कर्मचारीले पेन्सन तथा उपदानको पाउँदै आएका थिए। अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको ।

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नव्यहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ।

dinesh dc.jpg2024-11-20-19-38-06.jpg