Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

गिट्टी कुटिरहेकी एक महिलाको पहिरोमा परी गयो ज्यान

मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका-५ तारापानी भन्ने स्थानमा सडकको नाला निमार्णमा संलग्न एक महिलाको पहिरोमा परी ज्यान गएको छ । 

खत्याड गाउँपालिका-५ तारापानीको सडकको नाला निमार्णका लागि गिट्टी कुट्दै गरेकी सोही वडा कोटीला गाउँकी ३७ वर्षीया जानु बुढाको ज्यान गएको खत्याड गाउँपालिका विपद् व्यवस्थापन शाखा प्रमुख कुलबहादुर शाही (किसोर) ले जानकारी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार घटना घटेको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रातापानी र माथीचौर प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थालतर्फ गएको । 

बुढा केही दिनयता सो ठाउँमा गिट्टी कुट्ने काम गर्दै आएकी थिइन् । गिट्टी कुटिरहेकै बेला बिहान १०ः५० बजेतिर पहिरो खसेको थियो ।