पहिरोका कारण अवरुद्ध रहेको बझाङको जयपृथ्वी राजमार्ग सुचारु भएको छ ।
शुक्रबार बिहान बझाङको छबिसपाथीभेरा-१ बालुवाटार र जयपृथ्वी-७ तमैल, माल्लाभिर स्थित जयपृथ्वी राजमार्गमा सडकमाथिबाट पहिरो खसी राजमार्ग अवरोध भएको थियो ।
प्रहरीले अवरोध हटाएपछि बिहान ९ बजेदेखि सडक पुर्णरुपमा सुचारू भएको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्