Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

बझाङको अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु

पहिरोका कारण अवरुद्ध रहेको बझाङको जयपृथ्वी राजमार्ग सुचारु भएको छ । 

शुक्रबार बिहान बझाङको छबिसपाथीभेरा-१ बालुवाटार र जयपृथ्वी-७ तमैल, माल्लाभिर स्थित जयपृथ्वी राजमार्गमा सडकमाथिबाट पहिरो खसी राजमार्ग अवरोध भएको थियो ।

प्रहरीले अवरोध हटाएपछि बिहान ९ बजेदेखि सडक पुर्णरुपमा सुचारू भएको जानकारी दिएको छ ।