Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक

कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, ‘अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुन समेत अनुरोध गर्दछौँ ।’