शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

उड्ने हेलिकप्टर किन ल्याइयो गुडाएर ?

उड्ने हेलिकप्टर किन ल्याइयो गुडाएर ?

आषाढ १९, २०८२ बिहिवार
आषाढ १९, २०८२ बिहिवार
  • उड्ने हेलिकप्टर किन ल्याइयो गुडाएर ?

    माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाका हुँदै हेलिकप्टर ल्याएको छ । कम्पनीका महाप्रवन्धक दिलबहादु वलीका अनुसार फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल भित्र्याइएको हो ।

    चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको जनाएको छ । हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको जनाइएको छ। महाप्रबन्धक वलीले एक साताभित्र भन्सार प्रक्रिया र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर उडान सेवामा ल्याइने जानकारी दिए ।

    ‘फ्रान्सबाट निर्मित चीनमा उडिरहेको हेलिकप्टर नेपाल ल्याइएको हो’, उनले भने । नयाँ हेलिकप्टरसँगै कम्पनीसँग तीन हेलिकप्टर भएका छन् । महाप्रबन्धक वलीले आकाशबाट उडाएर ल्याउदा झण्डै दश हजार किलोमिटरको यात्रा तय गर्नुपर्ने र निकै खर्चिलो पनि हुने भएकाले सडक मार्गबाटै ल्याइएको बताए ।

    कम्पनीले यसअघि एउटा हेलिकप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौँ ल्याएको थियो । तातोपानी भन्सार नाका हुँदै पहिलो पटक हेलिकप्टर ल्याइएको हो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार