शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

आफ्नै ६ जना साथीको कुटपिटबाट दुई किशोरको मृत्यु

आफ्नै ६ जना साथीको कुटपिटबाट दुई किशोरको मृत्यु

आषाढ १९, २०८२ बिहिवार
आषाढ १९, २०८२ बिहिवार
  • आफ्नै ६ जना साथीको कुटपिटबाट दुई किशोरको मृत्यु

    झापामा आफ्नै साथीको कुटपिटबाट दुई किशोरको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको आफ्नै साथीहरुको कुटपिटको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका इन्सपेक्टर प्रवीण श्रेष्ठले जानकारी दिए ।

    उनीहरूमाथि यही असार ११ गते आफ्नै साथीले निर्घात कुटपिट गरेका प्रहरीले जनाएको छ । उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो।

    थापाको गएको शनिबारै र तामाङको बुधबार मृत्यु भएको श्रेष्ठले जानकारी दिए । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्ने सबै १६ वर्षभन्दा कम उमेर समूहका रहेका प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको इन्सपेक्टर श्रेष्ठले बता ए। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार