Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

शौचालय निस्केका बेला हात्तीको आक्रमणबाट मृत्यु

झापाको बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई आक्रमणमा परेका हुन् ।

गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो ।