Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रास्वपाले बोलायो सचिवालय बैठक, सागर ढकालले पाउँलान् रुपन्देही–३ काे टिकट?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको बैठक आह्वान गरेको छ । बिहीबार बस्ने गरी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वैठक आह्वान गरेको प्रवक्ता मनीष झाले जानकारी दिए ।

बिहान ११ः३० बजे पार्टी मुख्यालय वनस्थलीमा बस्ने बैठकमा रुपन्देही–३ को उपनिर्वाचनका बारेमा छलफल हुने प्रवक्ता झाले जानकारी दिए।

यस्तै समसामयिक पार्टी र राजनीतिक गतिविधिलगायतका बारेमा छलफल हुने बताइएको छ।रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।

दलहरू उम्मेदवार छान्ने छलफलमा जुटिसकेका छन् भने नेकपा (एमाले) ले खिमलाल भट्टराईलाई चयन गरिसकेको छ। रास्वपाबाट सागर ढकालको नाम चर्चामा छ। अघिल्लो निर्वाचनमा ढकाल डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए।