Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

गाउँब्लक क्षेत्रहरुको जग्गा दर्ता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटोफिचर)

सर्लाही जिल्ला अन्तर्गतका गाउँब्लक क्षेत्रहरुको नापजाँच पश्चातको जग्गा दर्ता र जग्गाधनी प्रमाण पूर्जा वितरण कार्यलाई थप गतिशिल बनाउन नापी कार्यालय सर्लाही मलंगवाले अभिमुखिकरण सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। 

WhatsApp Image 2025-07-01 at 18.42.10_af3d883e.jpg

नापी कार्यालयले सम्पन्न गरेका तिनवटा अन्तर्क्रिया कार्यक्रमहरुमा मिति २०८२/०३/१२ का दिन गोडैता नगरपालीका वडा नं. ७ र ८ अन्तर्गत श्री वेणी भोला मावि., गोडैतामा सम्पन्न गरेको हो।त्यसै गरी मिति २०८२/०३/१३ का दिन ईश्वरपुर नगरपालीका वडा नं. १० को वडा कार्यालय, वेलामा र मिति २०८२/०३/१४ का दिन चक्रघट्टा गाँउपालीका वडा नं. १ र ५ अन्तर्गतका गाउँब्लकहरुको अभिमूखिकरण कार्यक्रम शिवनगरमा सम्पन्न गरेको हो।

WhatsApp Image 2025-07-01 at 18.42.10_e4bb00de.jpg

नापी कार्यालय अन्तर्गतका नापी टोलीहरुले उक्त क्षेत्रहरुमा गाउँब्लक नापनक्सा वि.सं. २०७२ साल देखि शुरु गरि विभिन्न आवश्यक प्रक्रियाहरु गर्दै आएकोमा जग्गा दर्ता तथा जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण कार्यहरु बांकि रहि हालसम्म पनि सो कार्य निरन्तर रुपमा गर्दै आईरहेको छ।

WhatsApp Image 2025-07-01 at 18.42.11_8f9a5455.jpg

जग्गाधनीहरुलाई यथासिघ्र लालपूर्जा वितरण गर्ने उदेष्यका साथ उक्त स्थान विशेषहरुमा बांकी रहेका प्रक्रियाहरु, सो संगै सम्बन्धित नापी कार्यालय, स्थानीय पालिका र सम्बन्धित जग्गाधनीहरुको जिम्मेवारी र दायित्वहरुको सम्बन्धमा वृहत छलफल भएको थियो। सो अन्तर्क्रिया कार्यक्रमहरुमा सम्बन्धित पालिकाका प्रमूख, वडा अध्यक्षहरु, कार्यपालीका प्रतिनिधिहरु, नापी कार्यालयका सम्बन्धित प्राविधिक टोलीहरु, जग्गाधनीहरु र स्थानीय भद्रभलादमीहरुको व्यापक उपस्थिती रहेको थियो। निकट भविष्यमा नै सो क्षेत्रहरुको जग्गा दर्ता र लालपुर्जा वितरण प्रक्रियालाई विशेष महत्वका साथ अघि बढाउने नापी कार्यालयको भावि योजना रहेको जानकारी गराएको छ।

WhatsApp Image 2025-07-01 at 18.42.11_9309a083.jpg

नापी कार्यालयको अनुसार जग्गा (नाप जाँच) ऐन, २०१९, जग्गा (नाप जाँच) नियमावली, २०५८ र गाउँब्लक क्षेत्रहरुको नापजाँच सम्बन्धी निर्देशिका, २०७७ मा गाँउब्लक जग्गाको दर्ता प्रक्रिया सम्बन्धी कानुनी व्यबस्थाहरु गरिएका छन्। गाउँब्लक क्षेत्रहरुको नापजाँच सम्बन्धी निर्देशिका, २०७७ को दफा ५ मा नापनक्सा सम्पन्न भई फिल्डबुक तयार भए पश्चात सात दिने सूचना प्रकाशन गरिन्छ।

WhatsApp Image 2025-07-01 at 18.42.10_2e120b55.jpg

सात दिने सूचनाको म्याद भित्र सम्बन्धित स्थानीय तह (गाँउ/नगर कार्यपालिका) बाट चार किल्ला खुलेको हक-भोगको किटानी सिफारिस संलग्न राखी स्ववासी जग्गा दर्ताको लागि पेश भएको निवेदनहरुको आवश्यक छानविन गरि एक्काईस दिने सूचना प्रकाशन गरिन्छ।एक्काईस दिने सूचना प्रकाशित भए पश्चात उजुरी, दावि-विरोध नपरेमा जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ६(५) को प्रक्रिया बमोजिम जग्गा दर्ता गर्ने व्यवस्था छ। दावि-विरोध भएमा जग्गा (नाप जाँच) नियमावली, २०५८ को नियम ११ बमोजिमको समितिबाट निकाशा गर्नुपर्ने व्यवस्था गरिएको छ।