Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

सकियो नेपाली सेनाको ‘हायर कमान्ड तथा म्यानेजमेन्ट’ तालिम

नेपाली सेनामा सैनिक अधिकृतका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको १३ औं समूहको ‘हायर कमान्ड तथा म्यानेजमेन्ट’ तालिम आज सकिएको छ ।

नेपाली सैनिक वार कलेजमा सञ्चालित गत फागुन २२ गतेदेखि सञ्चालन भएको महासेनानी दर्जा दर्जाका अधिकृत सहभागी तालिममा दुई महिलासहित ३५ जना शिक्षार्थीको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

तालिममा महासेनानी सुरज बैदवार समग्रमा प्रथम भएका छन् भने सर्वोत्कृष्ट सोधपत्र पुरस्कार महासेनानी उत्तम सापकोटाले प्राप्त गरेका छन् । नेपाली सेनाका मुलुकभित्र सञ्चालन हुने माथिल्ला अधिकृत सम्मिलित उक्त तालिमको प्रधानसेनापति अशोकराज सिग्देलले समापन गरे ।

त्यस अवसरमा प्रमुख शिक्षक उपरथी सन्तोष बल्लभ पौडेलले विक्रम संवत् २०७१ देखि सञ्चालन हुँदै आएको उक्त तालिमका विविध पक्षबारे जानकारी दिए ।