शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मधेश प्रदेशसभा सदस्य सांसद ललिता दासमाथि लुटपाट प्रयास

मधेश प्रदेशसभा सदस्य सांसद ललिता दासमाथि लुटपाट प्रयास

आषाढ १८, २०८२ बुधवार
आषाढ १८, २०८२ बुधवार
  • मधेश प्रदेशसभा सदस्य सांसद ललिता दासमाथि लुटपाट प्रयास

    मधेश प्रदेशकी सांसद ललिता दास (तत्मा) माथि लुटपाट प्रयास भएको छ । उनले आफूमाथि गएराति एक समूहले सिराहाको लहानमा लुटपाट र हमलाको प्रयास गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

    गएराति साढे १२ः३० बजेतिर जनकपुरबाट लहानस्थित घर जाने क्रममा एनएमबी बैंकको गल्लिमा आफूलाई दुई जना केटाले लखेटेर लुटपाट र हमला गर्ने प्रयास गरेको उनले बताएकी छन् । समयमै भागेर घर पुगेपछि परिवारले ढोका खोलेको र आफ्नो ज्यान जोगिएको उनले लेखेकि छन् ।

    सांसद ललिताले थाना नजिकै रहेको उनको घर निर आफू असुरक्षित महसुर गरेको भन्दै उनले हाम्रो देशमा के हुँदैछ भनेर प्रश्न गरेकि छन् । उनले लेखेकि छन, ’आखिर के हुँदैछ हाम्रो देशमा ? किन यति भय, त्रास दिँदैछन् हामीलाई ? क्रमबद्ध रुपमा दलित समुदायको हत्या हुँदैछ । तानाको नजिक मेरो घर हो तर पनि यति असुरक्षित । केहि महिना पहिला एकजनालाई मेरै घर अगाडि छुरा प्रहार गरेको थिया । आफ्नै देश, घरमा पनि डर त्रासको माहोल छ । कसरी बाँच्ने ?’

    सांसद दासले डिएसपिलाई खबर गर्दा पनि उनले बेवास्ता गरेको समेत बताएकी छन् ।

    Photo (1) (2).JPG

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार