शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

तरुण दललाई मङ्सिरसम्म महाधिवेशन गर्न पार्टीको निर्देशन, तोडियो सानेपाको अनशन

तरुण दललाई मङ्सिरसम्म महाधिवेशन गर्न पार्टीको निर्देशन, तोडियो सानेपाको अनशन

आषाढ १८, २०८२ बुधवार
आषाढ १८, २०८२ बुधवार
  • तरुण दललाई मङ्सिरसम्म महाधिवेशन गर्न पार्टीको निर्देशन, तोडियो सानेपाको अनशन

    नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भ्रातृ संगठन नेपाल तरुण दलको अनसन तोडिएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खडका र महामन्त्री गगन थापाले बुधबार साँझ अनसन तोडाएका हुन् । 

    जारी कांग्रेस केन्द्रीय समितिको बैठकले आगामी मङ्सिर २६, २७ र २८ गते अनिवार्य रुपमा महाधिवेशन गर्न निर्देशन दिने निर्णय गरेपछि अनसन तोडिएको हो ।  

    तीन वर्षअघि तीन महिनाभित्र महाधिवेशन गर्न पार्टीले गठन गरिदिएको तदर्थ समितिले तीन वर्ष पूरा हुँदासमेत महाधिवेशन नगरेको भन्दै केन्द्रीय सदस्यहरू रोजन राई र अम्बिका बास्कोटाले पार्टी मुख्यालय बीपीनगर सानेपामा आमरण अनसन गरिरहेका थिए । 

    अन्तिम पटक कांग्रेसले गत चैतभित्र महाधिवेश गर्न बाँकी भ्रातृ संस्थालाई निर्देशन दिएपनि अहिलेसम्म महाधिवेशन हुन सकेको छैन । 

    अध्यक्ष विद्वान गरुङले तीन वर्षमा एउटा अधिवेशन गर्न नसकेको, ५० भन्दा बढी जिल्लामा मनपरी कार्यवाहक नियुक्ति गरेको र पार्टीको निर्देशनसमेत अटेर गर्ने यस्तो नेतृत्वले तरुण दलको पतनको मार्ग खोलेको आरोप उनीहरुले आरोप लगाएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार