Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

पासाङल्हामु राजमार्ग अवरुद्ध, चार ठाउँमा पहिरो

पहिरोले पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ । 

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ का तातोपानी डाँडा, बालुवाखानी, फ्याङलुङ र लिङलिङमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो ।

तातोपानी डाँडा र बालुवा खानीमा पहिरो खसेको ठाउँमा इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी नायव निरीक्षक धनबहादुर तामाङ नेतृत्वको टोली खटिएको छ । बाटो खुलाउनका लागि रसुवागढी हाइड्रोपावरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । 

यसैगरी फ्याङलुङ र लिङलिङमा पहिरो खसेको ठाउँमा स्याफ्रुबेंशीबाट प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर थापा नेतृत्वको टोली खटिएको छ । बाटो खुलाउन पहल भइरहेको बताइएको छ ।