शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सभापति खतिवडा र सचिव दुरा माथिबाट परिचालित भए: माओवादी केन्द्र

सभापति खतिवडा र सचिव दुरा माथिबाट परिचालित भए: माओवादी केन्द्र

आषाढ १८, २०८२ बुधवार
आषाढ १८, २०८२ बुधवार
  • सभापति खतिवडा र सचिव दुरा माथिबाट परिचालित भए: माओवादी केन्द्र

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्री सांसद दुर्गा राईले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा कोबाट परिचालित भएर निजामती सेवा विधेयकमाथि चलखेल भएको हो ? भन्दै प्रश्न गरेकी छन् ।

    उनले यो विषय सभापति खतिवडाको राजीनामा आउँदैमा समाधान भइहाल्ने खालको पनि नभएको बताइन् । ‘सभापतिको राजीनामा नै यसको सोलुसन होइन । छानबिन गर्नुपर्छ । ऐन बनाउने विषय सानो होइन । मुलुकलाई पछि धकेल्ने यो एउटा षड्यन्त्र हो,’ उनले भनिन्, ‘यो माथिल्लो तहबाट निक्र्यौल गर्ने कुरा हो । प्रधानमन्त्री आएपछि यसमा निर्णय गर्न सकिन्छ । दुई जनाले राजीनामा दिएर समस्या समाधान हुँदैन । सभापति र सचिव माथिबाट प्रयोग हुनु भएको हो ।’

    यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामती विधेयक बिगार्ने कोर टीममा को–को थिए भन्दै प्रश्न गरेका छन् । राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले विधेयकमा असावधानीले भन्दा पनि जानेर छेडखानी भएको बताए । उनले संलग्नहरूलाई कडा कारबाहीको माग गरे ।

    उनले भने, ‘नजानेर त्रुटि भएको होइन, टीममा को–को संलग्न छन् ? उनीहरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ । यो यत्तिकै सजिलै राखिएको होइन । उपसमितिमा पनि व्यापक छलफल गरेका छौ । सारमा जुन कुरा राख्न खोजेका थियौ, त्यो उल्टो हुने गरेर पारित भयो । यो एकदमै गलत छ ।’

    समिति सभापतिले समेत आफूहरूलाई अन्तिममा पढ्न नदिएको गुनासो उनले गरे । आफूले धेरै पटक विधेयक पढ्नका लागि मागेपछि सभापतिले नदिएको गुनासो गर्दै उनले विश्वासघातको अवस्थामा देश कसरी अगाडि बढ्छ भनेर प्रश्न । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले निजामती सेवा ऐन नै आउन नदिने षडयन्त्र भइरहेको दाबी गरेका छन् । ‘प्रहरी ऐनमा पनि यसको प्रभाव पर्छ । यो लज्जास्पद घटना भयो। छानबिन गर्नु पर्छ। कुलिङ पिरियडमा खेल भयो । छेडछाड भएको छ’ उनले भने । सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सभापति खतिवडा र खतिवडाले मन्त्रीमाथि दोष देखाउने अवस्था आउनु शंकास्पद भएको सुनाए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट