शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपालविरुद्ध बोलेको भन्दै एकीकृत समाजवादीले सोध्यो रामकुमारी झाक्रीलाई स्पष्टीकरण

नेपालविरुद्ध बोलेको भन्दै एकीकृत समाजवादीले सोध्यो रामकुमारी झाक्रीलाई स्पष्टीकरण

आषाढ १८, २०८२ बुधवार
आषाढ १८, २०८२ बुधवार
  • नेपालविरुद्ध बोलेको भन्दै एकीकृत समाजवादीले सोध्यो रामकुमारी झाक्रीलाई स्पष्टीकरण

    नेकपा एकीकृत समाजवादीले पार्टीकी नेतृ तथा स्थायी समिति सदस्य रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधेको छ ।

    नेतृ झाक्रीले गत शनिबार रुपन्देहीको मणिग्राममा आयोजित युवा संघको प्रशिक्षण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभिय्व्यक्ति बारे स्पष्टीकरण सोधेको हो ।

    नेपालविरुद्ध अभिव्यक्ति दिएपछि एकीकृत समाजवादीको  अनुशासन आयोगले झाँक्रीलाई तीन दिनमा जवाफ दिन स्पष्टीकरण सोधेको छ ।

    पतञ्जली जग्गा प्रकरणमा विशेष अदालत काठमाडौँबाट ३५ लाख धरौटीमा रिहा भएका नेपाल बारे झाँक्रीले कानुनी हिसाबले अध्यक्षमाथि संकट आएको बताउदै अब काँधमा सिनो बोकेर हिड्न नसकिने टिप्पणी गरेकी थिइन् । 

    उनले भनेकी थिइन्- 'कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? अर्ली महाधिवेशन गरौँ । हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउनसक्छ । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न ।’ 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार