शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सिक्टा सिँचाइ: पश्चिमी मूल नहरको छैटौं शाखा नहर निर्माण सकियो

सिक्टा सिँचाइ: पश्चिमी मूल नहरको छैटौं शाखा नहर निर्माण सकियो

आषाढ १७, २०८२ मंगलवार
आषाढ १७, २०८२ मंगलवार
  • सिक्टा सिँचाइ: पश्चिमी मूल नहरको छैटौं शाखा नहर निर्माण सकियो

    बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सकिएको छ । बैजनाथ गाउँपालिका–५ मा पर्ने छैटौँ गुरुवागाउँ शाखा नहर निर्माणपश्चात् सोमबार पानी छाडेर परीक्षण गरिएको छ । 

    नहरमा पानी छाडिएपछि किसान हर्षित भएका छन् । रोपाइँको समयमा किसानले पम्पसेट लगाएर धमाधम पानी तानिरहेका छन् । अब यो नहरबाट प्रशाखा र उपशाखा निर्माण भएपछि किसानलाई अझ सहज हुने आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए ।

    उनका अनुसार कुल ११ किलोमिटर लामो यो नहरबाट सात हजार ८१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगी एक लाख जनसंख्या लाभान्वित हुने अनुमान छ । नहरमा पानी छाडिसकेपछि ११ किलोमिटर नहर क्षेत्रको अवलोकन समेत गरिएको थियो । स्थानीयको माग र सहजताका लागि बस्ती क्षेत्रमा नहर छेउछाउमा तारजाली लगाइएको छभने कतिपय स्थानमा सिँढी समेत बनाइएको छ।

    भैरव सुभानी जेभी काठमाडौँले तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी २०८० चैत १८ गते सम्झौता गरेकामा सम्झौता अवधि अगावै काम सम्पन्न भएको छ । विक्रम संवत् २०८३ चैत १७ गते सम्पन्न गर्नुपर्ने मिति हो । रु ३७ करोड ८२ लाख ८४ हजार ७३५ मा ठेक्का गरिएको आयोजनाका इन्जिनियर विनेश श्रेष्ठले बताए । उनका अनुसार गुरुवागाउँ शाखा नहरमा हालसम्म ९८ प्रतिशत भौतिक प्रगति भएको छ । अब केही सामान्य ‘फिनिसिङ’ को काम मात्र बाँकी छ । बाँकेको बैजनाथ र खजुरा गाउँपालिकामा खेतीयोग्य जमिनलाई सिँचाइ गर्ने लक्ष्यका साथ गुरुवागाउँ शाखा नहर निर्माण गरिएको हो ।

    राप्ती सोनारी–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले बाँकेको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ । पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ । हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । 

    पश्चिमी मूल नहरको ४५ दशमलव २५ किलोमिटर निर्माण काम सम्पन्न भइसकेको छ । पूर्वी मूल नहरको ५३ दशमलव ५० किलोमिटरमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माणसम्पन्न भएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक आचार्यले जानकारी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार