शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

निजामती विधेयकको हेरफेर सामसुम पार्ने विषय होइन, गम्भीर छानविन हुनुपर्छ : राप्रपा

निजामती विधेयकको हेरफेर सामसुम पार्ने विषय होइन, गम्भीर छानविन हुनुपर्छ : राप्रपा

आषाढ १७, २०८२ मंगलवार
आषाढ १७, २०८२ मंगलवार
  • निजामती विधेयकको हेरफेर सामसुम पार्ने विषय होइन, गम्भीर छानविन हुनुपर्छ : राप्रपा

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निजामती सेवा विधेयकको दफा हेरफेर गरिनु संसद र सांसदको अपमान भएको बताएका छन् । प्रतिनिधि सभाबाट पारित भएको निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेर गरेको पाइएपछि विरोध भइरहेको छ ।

    कर्मचारीलाई अवकाश वा राजीनामाको दुई वर्षसम्म संवैधानिकलगायत पदमा नियुक्ति रोक्ने विषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई सहमतिले पारित भएको थियो । सोही विषय प्रतिनिधि सभाबाट पारित भएर आउँदा भने हेरफेर गरेको पाइएपछि सांसदहरूले आपत्ति जनाइरहेका छन् भने यसमा संलग्नमाथि छानबिन र कारबाही माग गरिरहेका छन् ।

    ‘निजामती सेवा विधेयकको सबैभन्दा बेसी छलफल भएको र छलफलपछि सर्वसम्मतिले पारित भएको दफामा हेरफेर गरेर सार्वजनिक हुनु सामान्य विषय होइन । संसद र सांसदको अपमान हो । यो सामसुम पार्ने विषय होइन । गम्भीर छानबिन हुनुपर्छ,’ अध्यक्ष लिङ्देनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार