शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कुलिङ पिरियड हेरफेरबारे सभापति खतिवडा: ममाथि छानविन होस्

कुलिङ पिरियड हेरफेरबारे सभापति खतिवडा: ममाथि छानविन होस्

आषाढ १७, २०८२ मंगलवार
आषाढ १७, २०८२ मंगलवार
  • कुलिङ पिरियड हेरफेरबारे सभापति खतिवडा: ममाथि छानविन होस्

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा ‘कुलिङ पिरियड’ बारे भएको हेरफेरमा संलग्नलाई कारबाही गर्नुपर्ने बताएका छन्।

    सभामुखसँग छलफलपछि बाहिरिने क्रममा उनले कसको गल्तीबाट भएको बाहेक शब्द थपिएको छ त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । आजै कानुन र सामान्य प्रशासन मन्त्रालयको पदाधिकारीलाई आमन्त्रण गरेको भए पनि नआएको बताए ।

    उनले भने, ‘यो संसदमाथिको ठूलो प्रहार हो, यत्रो ठूलो मिस्टेक कानून बनाउने कुरामा कहीँ हुँदैन। त्यसमा हामी छानबिन गर्ने पक्षमा छौँ ।’ उनले छानबिनमा आफू पनि संलग्न भेटिए कारबाही भोग्न तयार रहेको बताए । उनले अब छानबिन गरेर यो विषयको टुङ्गो नलागेसम्म समितिको बैठक पनि नबस्ने बताए । राजीनामाबारे उनले भने, ‘पहिला छानबिन गरौं न, मेरो दोष देखिए म तयार छु । तर छानबिन हुनुपर्छ, जोसुकै भए पनि ।’ 

    उनले थपे, ‘म आफैमाथि पनि छानबिन हुनुपर्छ । मेरो दोष देखिए कारबाहीको दायरामा आउन चाहन्छु सभामुखलाई आग्रह गरेका छौँ । छानबिन नभए बैठक बस्दैन भन्ने जानकारी गरियो ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार