शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

काठमाडौंसहित आज २५ जिल्लामा बाढीको जोखिम

काठमाडौंसहित आज २५ जिल्लामा बाढीको जोखिम

आषाढ १७, २०८२ मंगलवार
आषाढ १७, २०८२ मंगलवार
  • काठमाडौंसहित आज २५ जिल्लामा बाढीको जोखिम

    काठमाडौंसहित आज देशका २५ जिल्लामा बाढी–पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज दोलखा, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, कैलाली, कञ्चनपुर, संखुवासभा, रसुवा, कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, दार्चुला, डोटी, डडेलधुरा र बैतडीमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार ताप्लेजुङ्ग, तेह्रथुम, भोजपुर, खोटाङ, जाजरकोटमा बाढीको सामान्य जोखिम छ । कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरु साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जल सतह सतर्कता तह तलै रहे पनि बढ्न सक्ने भएकाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    आज डडेलधुरा, नेपालगञ्ज, दाङ, पोखरा, काठमाण्डौ, जिरी, विराटनगर लगायतका शहरमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

    यस्तै राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्नेछ । अरू ठाउँमा भने सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार